नेपाल खुद्रा व्यापार संघ लोगोनेपाल खुद्रा व्यापार संघ
हाम्रो बारेमा

नेपाल खुद्रा व्यापार संघ

नेपाल खुद्रा व्यापार संघ

मुलुकको वर्तमान उदार अर्थ व्यवसायमा कुनै पनि उपभोग्य वस्तुको उत्पादक र उपभोक्ताहरु बीच आवश्यक सम्पर्क र माध्यमको रुपमा खुद्रा व्यापारीहरुको महत्वपूर्ण स्थान रहेको छ।

सानो पुँजीको लगानी गरेर आफ्नो व्यापार व्यावसायमा लागेका खुद्रा व्यापारीहरुले आज अनेकौं समस्या र कठिनाइहरुको सामना गर्नु परिरहेको छ। तर पनि राष्ट्रको विकास र अर्थतन्त्रमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन्।

📜 हाम्रो मूल मन्त्र

‘एकताबद्ध र संगठित प्रयत्नबाट मात्र कुनै पनि वर्ग तथा व्यवसायीहरुको हक हितको संरक्षण हुन सक्छ।’

यसै मान्यतालाई हृदयंगम गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा दिई उपभोक्ता-वर्गमा सुलभ सेवा पुर्याउने उद्देश्यले २०३६ साल श्रावण ३० गते यस संस्थाको स्थापना गरिएको हो।

२०३६
स्थापना वर्ष
श्रावण ३०
स्थापना दिवस
४०+
वर्षको यात्रा