गृह पृष्ठ उदेश्य

मुलुकको वर्तमान उदार अर्थ व्यवसायमा कुनै पनि उपभोग्य वस्तुको उत्पादक र उपभोक्ताहरु बीच आवश्यक सम्पर्क र माध्यमको रुपमा खुद्रा व्यापारीउरुको महत्वपूर्ण स्थान रहेको छ । सानो पुँजीको लगानी गरेर आफ्नो व्यापार व्यावसायमा लागेका खुद्रा व्यापारीहरुले आज अनेकौ समस्या र कठिनाइहरुको सामना गर्नु परिरहेको छ । तर पनि राष्ट्रको विकास र अर्थतन्त्रमा उनिहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । एकताबद्ध र संगठित प्रयत्नबाट मात्र कुनैपनि वर्ग तथा व्यवसायीहरुको हक हितको संरक्षण हुन सक्छ भन्ने मान्यतालाई हृदयंगम गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा दिई उपभोक्ता-वर्गमा सुलभ सेवा पुर्याउने उद्देश्यले २०३६ साल श्रावण ३० गते यस संस्थाको स्थापना गरिएको हो ।

about