User Name
 
  Password
 
   
   
 

नेपाल खुद्रा व्यापार संघ श्री गंगा बहादुर मानन्धर स्मृति कोष द्धारा संचालित छात्रवृत्ति सम्बन्धि सूचना ।

नेपाल खुद्रा व्यापार संघको अट्ठाइसौं साधारण सभा घोषणा गरे अनुरुप संघका सदस्यहरुका छोरा वा छोरीहरु मध्ये एक छात्र एक छात्रालाई एस.एल.सी. परिक्षामा उत्कृष्ट परिणाम ल्याए वापत नेपाल खुद्रा व्यापार संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष स्व.श्री गंगा बहादुर मानन्धर ज्यूको स्मृतिमा गठन गरिएको श्री गंगा बहादुर मानन्धर स्मृति कोषद्धारा छात्रवृत्ति प्रदान गरिने यहांहरुलाई जानकारी गरिन्छ नियमहरु नेपाल खुद्रा व्यापार संघद्धारा गरिने श्री गंगा बहादुर मानन्धर छात्रवृत्ति संघको सदस्यहरुका छोरा तथा छोरीहरु मध्ये एस.एल.सी. परिक्षामा उत्कृष्ट हुने एक छात्र एक छात्रा एकलाइ जनही रु. १०,०००। (रु. दश हजार मात्र) छात्रवृत्ति स्वरुप प्रदान गरिनेछ । छात्रवृत्ति एक छात्र एक छात्रा नेपाल खुद्रा व्यापार संघको सदस्यको छोरा, छोरी, वा एकाघरको नाति नातिनी हुनु पर्नेछ । छात्रवृत्ति पाउने छात्र तथा छात्राले आफ्नो लब्धांक तथा चारित्रिक प्रमाण पत्र २०७० श्रावण १५ गते सम्ममा नेपाल खुद्रा व्यापार संघमा उपलब्ध गराई सक्नु पर्नेछ । नेपाल खुद्रा व्यापार संघमा ०६९ चैत्र मसान्तसम्ममा आवद्ध भएका सदस्य महानुभावका छोरा, छोरी, वा एकाघरका नाति नातिनीलाई मात्र प्रदान गरिनेछ । छात्रवृत्ति पाउने छात्र तथा छात्राको नेपाल खुद्रा व्यापार संघका सदस्यसंगको नाता प्रमाणको प्रमाण माग गर्न सकिनेछ । दुई वा दुइभन्दा बढी छात्र वा छात्राको प्रतिशत बराबर भएका दामासाहि रुपमा छात्रवृत्ति प्रदान गरिने छ । छात्रवृत्ति संघको वार्षिक साधारण सभामा प्रदान गरिनेछ ।

नापतौलका सामाग्रीहरुको अनुमति पत्र दर्ता नविकरण सम्बन्धि जरुरी सूचना

नापतौल टोली कार्य यही बैशाख १६ देखी बैशाख मसान्त सम्म हुने जानकारी गराइन्छ काठमाण्डौंका व्यापारीहरुको सुविधा र सहुलियतलाई ध्यान दिई यस संघको सक्रियतामा व्यापारीहरुले चलन चल्तीमा ल्याई राखेका ढक, तराजु, लिटर, मिटर आदिको अनुमतिपत्र दर्ता नविकरण तथा टांचा लगाउने कार्य गर्न स्थलगत रुपमा हाम्रै टोल छिमेकमा यस संघका प्रतिनिधिहरुका साथ गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालयका कर्मचारीहरुको टोली निम्न लिखित स्थान र मितिमा आउने कुरा सहर्ष जानकारी गराउंदछौं । सो टोली आउंदा आफ्नो नापतौलका सामानहरु सफा र दुरुस्त गरी ल्याउनु भई नाप जांच र नविकरण कार्य सम्पन्न गराउनमा सहयोग गरी फाईदा उठाउन सूचित गरिन्छ । स्थलगत रुपमा नापतौल टोली आई दिंदा समयको बचत तथा सवारी भाडा बच्ने तर टोलीको व्यवस्थापन खर्चको भार यस संघलाई पर्न जाने हुंदा सेवा शुल्क लिइने कुरा पनि जानकारी गराईन्छ । नेपाल खुद्रा व्यापार संघ टेकू , पचली । सम्पर्क नं । ४२६९७५०, ९८४१४६०४२१

विषय : करदाता शिक्षा कार्यक्रम ।

उपरोक्त सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभाग करदाता सेवा कार्यालयका कर प्रशासक ज्यूहरुबाट मूल्य अभिवृद्धिकर, आयकर, घरबहाल कर एवं बहालकर पुस्तिका, अन्तशुल्क ब्याज तथा शुल्क, T.D.S , स्थायी लेखा नं. दर्ता, र स्थगन आदि बारे करदाता शिक्षा कार्यक्रम गर्ने भएको हुंदा तपाईलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिन्छ । कार्यक्रम २०६९ चैत्र १८ गते आइतवार स्थान : कालिमाटी ब्याङ क्वेट, कालिमाटी राजकुमार श्रेष्ठ संयोजक (कर समिति)

विषय : करदाता शिक्षा कार्यक्रम ।

उपरोक्त सम्बन्धमा नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजश्व विभाग करदाता सेवा कार्यालयका कर प्रशासक ज्यूहरुबाट मूल्य अभिवृद्धिकर, आयकर, घरबहाल कर एवं बहालकर पुस्तिका, अन्तशुल्क ब्याज तथा शुल्क, TDS, स्थायी लेखा नं. दर्ता, र स्थगन आदि बारे करदाता शिक्षा कार्यक्रम गर्ने भएको हुंदा तपाईलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिन्छ । कार्यक्रम २०६९ चैत्र ९ गते शुकवार स्थान : सिद्धार्थ फुड ल्याण्ड, भिमसेनगोला समय : दिनको १२ बजे राजकुमार श्रेष्ठ संयोजक (कर समिति)

नापतौलका सामाग्रीहरुको अनुमति पत्र दर्ता नविकरण सम्बन्धि जरुरी सूचना

नापतौल टोली कार्य यही बैशाख १६ देखी बैशाख मसान्त सम्म हुने जानकारी गराइन्छ काठमाण्डौंका व्यापारीहरुको सुविधा र सहुलियतलाई ध्यान दिई यस संघको सक्रियतामा व्यापारीहरुले चलन चल्तीमा ल्याई राखेका ढक, तराजु, लिटर, मिटर आदिको अनुमतिपत्र दर्ता नविकरण तथा टांचा लगाउने कार्य गर्न स्थलगत रुपमा हाम्रै टोल छिमेकमा यस संघका प्रतिनिधिहरुका साथ गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालयका कर्मचारीहरुको टोली निम्न लिखित स्थान र मितिमा आउने कुरा सहर्ष जानकारी गराउंदछौं । सो टोली आउंदा आफ्नो नापतौलका सामानहरु सफा र दुरुस्त गरी ल्याउनु भई नाप जांच र नविकरण कार्य सम्पन्न गराउनमा सहयोग गरी फाईदा उठाउन सूचित गरिन्छ । स्थलगत रुपमा नापतौल टोली आई दिंदा समयको बचत तथा सवारी भाडा बच्ने तर टोलीको व्यवस्थापन खर्चको भार यस संघलाई पर्न जाने हुंदा सेवा शुल्क लिइने कुरा पनि जानकारी गराईन्छ । नेपाल खुद्रा व्यापार संघ टेकू , पचली । सम्पर्क नं. ४२६९७५०, ९८४१४६०४२१

आयकर सम्बन्धि जरुरी सूचना

साना करदाता खुद्रा व्यापारीहरुको सुविधा र सहुलियतलाई ध्यान दिंदै संघ मार्फत नेपाल सरकार आन्तरिक राजश्व कार्यालयमा आयकर र आय विवरण दाखिला गराउने कार्य विगत वर्षहरुमा झैं संघको कार्यालयबाट भईरहेको सूचित गरिन्छ । निर्धारित कार्यक्रम अनुसार समयमा नै दर्ता नविकरण सम्पन्न गर्नु भै विलम्ब शुल्क र ब्याज जरिवानाबाट मुक्त हुन पनि सूचित गरिन्छ । यहि मिति २०६९ साल भाद्र १५ गते देखि आश्विन १५ गते भित्र समय बिहान १०:00 बजे देखि ४:00 बजेसम्म बिदाको दिन बाहेक सम्पर्क गर्नु होला । विस्तृत जानकारीको लागि संघको सम्पर्क नं. ४२६९७५०, ९८४१२४०८०६, ९८४१२८२६९१ राजकुमार श्रेष्ठ महासचिव एवं संयोजक कर समिति

साधारण सभाको सूचना ।

उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ३३ औं साधारण सभा यहि मिति २०६९ साल श्रावण ३० गतेका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा व्यापारीहरु, लगायत अधिराज्यभरका खुद्रा व्यापार संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, विभिन्न संचार माध्यमका महानुभावहरु, पत्रकारहरु सम्मिलित रहने यस साधारणसभा कार्यक्रममा यहांहरुको उपस्थितिको लागि अनुरोध गर्दछौं । कार्यक्रम मिति ः २०६९०४३० गते मंगलवार समय ः १२ ३० बजे स्थान ः राष्ट्रिय सभा गृह पवित्र बज्राचार्य (अध्यक्ष) नेपाल खुद्रा व्यापार संघ टेकू, पचली ।

सदस्यख श्री / भॆग नं. मूल्य सूची बोर्ड राख्ने सम्बन्धमा नेपाल खुद्रा ब्यापार संघको जरुरी सूचना ।

उपभोक्ता संरक्षण ऐन २०५४ र उपभोक्ता संरक्षण नियमावली २०५६ को दफा १२ अनुसूची १ को नियमावली १४ अनुसार दैनिक उपभोग्य सामाग्री बेचबिखन गर्ने कुर्न पनि ब्यवसायीले आ-आफ्नो पसलमा बिक्री वितरण गरिने ऐनले तोकेका अत्यावश्यक वस्तुहरुको मूल्य सूची सर्वसाधारण उपभोक्ताहरुले देख्ने गरी राख्नु पर्ने व्यवस्था गरेको जानकारी गराउंदछौं । यस ऐनलाई बेवास्ता गरी आफ्नो पसलमा सर्वसाधरणले देख्ने स्थानमा मूल्यसूची बोर्ड नराखेमा यसै ऐनको दफा १८च बमोजिम उक्त पसल संचालकलाई रु। २५०००।- रु।पच्चिसहजार सम्मको जरिवानान र तिन महिना सम्म कैद गर्न सक्ने ब्यवस्था समेत रहेको छ । यसै ऐनको प्रावधानअनुसार वाणिज्य विभाग अन्तरगतको उपभोक्ता हित शाखाबाट बरोबर बजार अनुगमन भइरहेको सबै ब्यवासायीहरुले थाहा पाएकै कुरा हो । यसरी बजार अनुगमन गर्ने सिलसिलामा ब्यवसायीहरुको पसलमा मूल्य सूची बोर्ड भए नभएको आन्तरिक राजश्व कार्यालयमा पान दर्ता भए नभएको ब्यवसाय दर्ता भए नभएको नापतौलको यन्त्रहरुको समयमै नविकरण भए नभएको आदी विषयको निरिक्षण गर्ने चलन भएको हुंदा माथि उल्लेखित सबै ब्यवस्था समयमै गरी उपभोक्ता हितका कार्यमा हामी साना खाद्यान्नका खुद्रा ब्यापारीहरु एक पाइला अगाडि बढी सहयोग गरिदिनु हुन नेपाल खुद्रा ब्यापार संघ सबै ब्यापारीहरुमा हार्दिक आव्हान गर्दछ । देशमा विद्यमान ऐन कानूनको पालना गर्नु सबै नागरिकको कर्तब्य भएको हुंदा उपभोक्ताहरुको सबभन्दा नजिक रहि ब्यापार ब्यवसाय गर्नुपर्ने हामी ब्यवसायीहरुले यस विषयम् बढी चासो देखाई यहि असारको १५ गतेभित्रै सबैले आ-आफ्नो पसलमा मूल्यसूची बोर्ड राख्ने कार्यका साथै माथि उल्लेखित अन्य कार्य सम्पन्न गरी नागरिक कर्तब्य निभाउनुका साथै ब्यवसायिक धर्म पालना गर्न समेत आव्हान गर्दछौं । नेपाल खुद्रा ब्यापार संघले उपभोक्ताहरुको हितलाई ध्यानमा राखि मूल्यसूची बोर्ड आ-आफ्नो पसलमा राख्ने निर्णय आजभन्दा दश बर्षअधिदेखि गरीसकेको सबै सदस्य महानुभावहरुलाई जानकारी भएकै कुरा हो । यस निर्णयलाई आत्मसात् गर्दै लगभग सबै सदस्य महानुभावहरुले आफ्नो पसलमा मूल्यसूची बोर्ड राखिसकेको हामीले पाएका छौं तापनि कुनै ब्यवसायी साथीहरुको पसलमा मूल्यसूची बोड सहि ढंगले राखेको नपाएको हुंदा यस संघको ध्यान आकृष्ट भएको छ । हामी मध्ये कोही पनि ऐन नियमको पालना नगरेको कारणले कार्वाहीमा नपरोस भन्ने चाहना रहेको हुंदा बिद्यमान ऐन नियमलाई पालना गर्न सबै सदस्यहरुमा पुन अुनरोध गर्दछौं । यदि उक्त ऐनलाई बेवास्ता गरेको कारणले कार्वाहीमा परेमा र सजांय भएमा त्यसको भागीदार आफु स्वयंम हुन जाने र यस घटनाको जिम्मेवारी आफु स्वयंमले लिनु पर्नेछ । संघको निर्णयलाई बेवास्ता गर्ने ब्यवासयीको जिम्मेवारी यस नेपाल खुद्रा व्यापार संघले नलिने ब्यहोरा पनि अवगत गराउंदछौं । माथि उल्लेखित ब्योहाराका संम्बन्धमा बिस्तृत जानकारी चाहिएमा नेपाल खुद्रा व्यापार संघको भेग प्रतिनिधिज्यू हरु कार्यसमिति सदस्यज्यूहरु वा केन्द्रिय कार्यालय टेकू पचलीमा सम्पर्क राख्नहुन समेत अनुरोध गर्दछौं । मिति २०६८ असार ५ गते पवित्र बज्राचार्य सम्पर्क फोन नं. अध्यक्ष ४२६९७५०
Results 28: You are at page 3 of 3
[First Page]  [Previous1 2 3