User Name
 
  Password
 
   
   
 

साधारण सभाको सूचना ।

उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ३८ औं साधारण सभा यहि मिति २०७४ भाद्र १५ गते बिहीवारका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा व्यापारीहरु, लगायत अधिराज्यभरका खुद्रा व्यापार संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, विभिन्न संचार माध्यमका महानुभावहरु, पत्रकारहरु सम्मिलित रहने यस साधारणसभा कार्यक्रममा यहांहरुको उपस्थितिको लागि अनुरोध गर्दछौं । कार्यक्रम मिति ः २०७४ भाद्र १५ गते बिहीवार स्थान ः नेपाल प्रज्ञा प्रतिष्ठान पवित्र बज्राचार्य (अध्यक्ष) नेपाल खुद्रा व्यापार संघ टेकू, पचली ।

३८ औं साधारण सभाको सूचना।

उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ३८ औं साधारण सभा यहि मिति २०७४ साल भाद्र १५ गतेका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ। यस सभामा काठमाण्डाैंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा व्यापारीहरु, लगायत अधिराज्यभरका खुद्रा व्यापार संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, विभिन्न सञ्चार माध्यमका महानुभावहरु, पत्रकारहरु सम्मिलित रहने यस साधारण सभा कार्यक्रममा यहाँहरुको उपस्थितिको लागि अनुरोध गर्दछाैं। कार्यक्रमः २०७४ भाद्र १५ गते विहिवार स्थानः नेपाल प्रज्ञा प्रतिस्थान

उपभोक्ता संरक्षण मस्यौदा विद्येयक २०७३ बारे वृहत अन्तरक्रिया कार्यक्रमको सूचना

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त माननिय श्री कृष्ण हरि वास्कोटा ज्यूको प्रमुख आतिथ्यमा बजार नियमनकारी निकायका महानिर्देशक ज्यूको सहभागितामा हुने उपभोक्ता संरक्षण मस्यौदा विद्येयक २०७३ बारे वृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हन हार्दिक अनुरोध गर्दछु । कार्यक्रम मिति : २०७४ असार ३० गते शुक्रवार स्थान : नेपा व्याङक्वेट खुशिबु शोभाभगवती समय : दिनको १२ः३० बजे राजकुमार श्रेष्ठ महा– सचिव

नेपाल खुद्रा व्यापार संघको सूचना

माननिय आपूर्ति मन्त्री श्री दिपक बोहरा ज्यूको प्रमुख आतिथ्यमा उपभोक्ताहरुको हितलाई ध्यानमा राखि दशैं तिहार नेपाल संम्बत र छठ पर्वको उपलक्ष्यमा खाद्य सामाग्री हरु सुपथ मूल्यमा बिक्री वितरण गर्न व्यवस्था गरिएको ब्यानर समुद्घाटन कार्यक्रममा सहभागी भै दिनु हुन हार्दिक अनुरोध गर्दछु । कार्यक्रम मिती : २०७३ आश्विन १ गते शनिवार समय : दिउंसो १ः३० बजे स्थान : असन राज कुमार श्रेष्ठ महासचिव

नेपाल खुद्रा व्यापार संघको सूचना ।

यस संघको ३७ औं वार्षिक साधारण सभा मिलन समारोह यहि २०७३ श्रावण ३० गते सम्पन्न हुने जानकारी गराईन्छ । सदस्यता नविकरण तथा सदस्यता वितरण गर्न भेग प्रतिनिधी ज्यूहरु पसलपसलमा आईरहेको हुंदा सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता गराउन हुन अनुरोध गरिन्छ । संघद्धारा संचालित गंगा स्मृति कोष छात्रवृत्तिको लागी श्रावण २० गते भित्र कागजात बुझाउनु हुन पनि सूचित गरिन्छ । साथै सम्पूर्ण व्यापारीहरुले आआफ्नो पसलमा सबैले देखिने ठाउंमा मूल्य सूचि वोर्ड राख्नु हुन तथा दैनिक अद्यावधिक गर्नु हुन पनि सूचित गरिन्छ कार्यक्रम २०७३ श्रावण ३० गते आइतवार स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान पवित्र बज्राचार्य (अध्यक्ष) नेपाल खुद्रा व्यापार संघ टेकू, पचली । ४२६९७५०

नापतौलका सामाग्रीहरुको अनुमति पत्र दर्ता नविकरण सम्बन्धि जरुरी सूचना

नापतौल टोली कार्य यही मिती २०७२ चैत्र ७ गते देखी सुरु हुने जानकारी गराइन्छ काठमाण्डौंका व्यापारीहरुको सुविधा र सहुलियतलाई ध्यान दिई यस संघको सक्रियतामा व्यापारीहरुले चलन चल्तीमा ल्याई राखेका ढक, तराजु, लिटर, मिटर आदिको अनुमतिपत्र दर्ता नविकरण तथा टांचा लगाउने कार्य गर्न स्थलगत रुपमा हाम्रै टोल छिमेकमा यस संघका प्रतिनिधिहरुका साथ गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालयका कर्मचारीहरुको टोली निम्न लिखित स्थान र मितिमा आउने कुरा सहर्ष जानकारी गराउंदछौं । सो टोली आउंदा आफ्नो नापतौलका सामानहरु सफा र दुरुस्त गरी ल्याउनु भई नाप जांच र नविकरण कार्य सम्पन्न गराउनमा सहयोग गरी फाईदा उठाउन सूचित गरिन्छ । स्थलगत रुपमा नापतौल टोली आई दिंदा समयको बचत तथा सवारी भाडा बच्ने तर टोलीको व्यवस्थापन खर्चको भार यस संघलाई पर्न जाने हुंदा सेवा शुल्क लिइने कुरा पनि जानकारी गराईन्छ । नेपाल खुद्रा व्यापार संघ टेकू , पचली । सम्पर्क नं. ४२६९७५०, ९८४१४६०४२१

नेपाल खुद्रा व्यापार संघको आयकर नविकरण संम्बन्धि सूचना

विगत २०५२ साल देखि काठमाण्डौंका सम्पूर्ण खुद्रा व्यापारी साना कर दाताहरुको सुविधा लाई ध्यान दिई नेपाल सरकार आन्तरिक रावश्व कार्यालय विभाग अन्तर्गत करदाता सेवा कार्यालय हरुमा आ.व. २०७१२०७२ को आयकर तथा आय विवरण दाखिला गराउने कार्य भैरहेको हुंदा समयमै संघमा सम्पर्क राख्नु हुन सूचित गरिन्छ । यहि २०७२ अशोज २० गतेसम्ममा संघमा आई समयमै कर तिरी जरिवानाबाट बचौं । राजकुमार श्रेष्ठ महासचिव सम्पर्क नं ४२६९७५०,

अन्तरक्रिया कार्यक्रम

आर्थिक एैन २०७२०७३ मा व्यवस्था भएको राजश्व नीतिले साना करदाता खुद्रा व्यापारीहरुलाई पर्ने प्रभाव बारे गरिने अन्तरकृया कार्यक्रममा आन्तरिक राजश्व विभागका श्रीमान महानिर्देशक चुडामणि शर्मा ज्यूको प्रमुख आतिथ्यमा हुने अन्तरक्रिया कार्यक्रममा व्यापारी, प्रतिनिधिहरुको जिज्ञासा समाधान गरिने जानकारी गराईन्छ । कार्यक्रम स्थान : होटल अर्किट, त्रिपुरेश्वर मिति : २०७२ अशोज ८ गते शुक्रबार समय : दिनको १२ बजे पवित्र बज्राचार्य अध्यक्ष

नेपाल खुद्रा व्यापार संघको सूचना

नेपाल खुद्रा व्यापार संघको ३६ औं साधारण सभा २०७२ भाद्र ५ गते सम्पन्न हुने हुंदा संघका सदस्यहरुको सदस्यता नविकरण एवं नयां सदस्यता दर्ता कार्य भै रहेको हुंदा समय मै आआफ्नो भेग प्रतिनिधि ज्यूहरु संग सम्पर्क गर्नु हुन सूचित गरिन्छ । संघद्धारा प्रदान गरिने गंगा बहादर स्मृति कोष छात्रबृत्ति को लागि यहि श्रावण १५ गते भित्र आवेदन दर्ता गराउनु हुन पनि सूचित गरिन्छ नेपाल खुद्रा व्यापार संघ टेकू पचली ।

साधारण सभाको सूचना ।

उपभोक्ताहरुको सबभन्दा नजिक रहि दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक बिकासमा महत्वपूर्ण भूमिका निभाई आएका खुद्रा व्यापारीहरुको प्रतिनिधिमूलक संस्था नेपाल खुद्रा व्यापार संघको ३६ औं साधारण सभा यहि मिति २०७२ साल भाद्र ५ गतेका दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको जानकारी गराईन्छ । यस सभामा काठमाण्डौंका समग्र खुद्रा व्यापारीहरु लगायत, विभिन्न जिल्लाका खुद्रा व्यापारीहरु, लगायत अधिराज्यभरका खुद्रा व्यापार संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, विभिन्न संचार माध्यमका महानुभावहरु, पत्रकारहरु सम्मिलित रहने यस साधारणसभा कार्यक्रममा यहांहरुको उपस्थितिको लागि अनुरोध गर्दछौं । कार्यक्रम २०७२ भाद्र ५ गते शनिवार स्थान : नेपाल प्रज्ञा प्रतिष्ठान पवित्र बज्राचार्य (अध्यक्ष) नेपाल खुद्रा व्यापार संघ टेकू, पचली ।
Results 28: You are at page 1 of 3
1 2 3  [Next]  [Last]